कोरियाबाट फर्केर ५ लाखमा थाले व्यवसाय, दस वर्षमा भयो करोडको

सेतोपाटी

निर्मला घिमिरे

के होला, कसो होला भन्ने दुबिधा थियो। त्यही पनि पाँच लाख रूपैयाँ लगानी गरेर उनले व्यवसाय थाले।

दस वर्षमा त्यो व्यवसायको कुल पुँजी एक करोड रूपैयाँ नाघेको छ। सबै खर्च कटाएर मासिक एक लाख रूपैयाँ बचत हुन्छ।

यी व्यवसायी हुन् गुल्मीका रविलाल पन्थ। र, उनी डेरी चलाउँछन्।

रविलालले २०७१ सालमा रूरू क्षेत्र गाउँपालिकाको रिडीमा डेरी सुरू गरेका थिए। त्यस बेला दैनिक मुस्किलले १५ लिटर दूध बिक्थ्यो।

प्रकाशित मिति: : 2024-07-17 08:54:00

प्रतिकृया दिनुहोस्