‘सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गर्नाले समस्याहरु आयाे’

Break n Links
Break n Links

सहकारी छानविन संसदीय समितिका सभापति सूर्यबहादुर थापाले सहकारीको सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा लागू हुन नसकेको बताएका छन्।

मंगलबार बसेको समितिकाे बैठकमा उनले सहकारीहरु नियमन हुन नसकेको हुनाले समस्याहरु देखा परेको बताए।

‘मुख्य सहरबजार केन्द्रित सहकारीमा समस्या आएको देखिन्छ। यसमा पनि वित्तिय कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको छ’, उनले भने, ‘सहकारीको स्वनियमनको विश्वव्यापी अभ्यास हो। स्वनियमन असफल हुँदा समस्याहरु आउने गर्छ। सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा नियमनमा नै समस्या देखिएको छ। यसबारे पनि छलफल भएको छ।’

यसको साथै उनले सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरिएको हुनाले पनि समस्याहरु आएको बताए।

उनले भने, ‘सहकारी आफैँमा व्यवसाय होइन तर यहाँ सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो। यस विषयमा ज्ञान भएका व्यक्तिहरुसँग छलफल भएको छ र सुझावहरु पनि संकलन भएको छ।’

बैठकमा सहकारी क्षेत्रमा आएको समस्यालाई अन्तर्राष्ट्रिय रुपमा कसरी समाधान गरिन्छ भन्ने बारेमा पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा.दामोदर रेग्मीसँग छलफल भएको थियो।

प्रकाशित मिति: : 2024-07-16 17:19:00

प्रतिकृया दिनुहोस्