ओली सरकारमा एकै जिल्लाबाट तीन मन्त्री

नवगठित केपी शर्मा ओली नेतृत्वकाे सरकारमा एकै जिल्लाका तीन सांसद मन्त्री बनेका छन्।

साेमबार गठित सरकारमा पर्सा जिल्लाबाट निर्वाचित तीन सांसद मन्त्री बनेका हुन्।

पर्सा-१ बाट निर्वाचित जनता समाजवादीका सांसद प्रदीप यादव खानेपानी तथा सरसफाइ मन्त्री, पर्सा-२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र पर्सा-३ बाट निर्वाचित एमाले सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन्।

यी तीनै मन्त्रीले पदभार ग्रहण गरिसकेका छन्।

प्रकाशित मिति: : 2024-07-15 14:48:00

प्रतिकृया दिनुहोस्