ट्रम्पमाथि गोलीप्रहार गर्ने एक रजिष्ट्रर्ड रिपब्लिकन भएको तथ्य सार्वजनिक

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छ । अमेरिकी अनुसन्धान एजेन्सीका अनुसार ऊ  २० वर्षीय थोमस म्याथ्यु क्रुज रहेका छन् । पेन्सेल्भेनिया राज्यको  बेथल पार्कमा बस्ने  उसले २०२२ मा स्थानीय बेथल पार्क हाइस्कुलबाट हाइस्कूलको पढाइ सकेको थियो । बेथल पार्क घटना भएको  बटलरभन्दा ३५ माइल दक्षिणमा पर्छ । 

बन्दुकधारी क्रुक्सको नाम मतदाता सूचीमा एक रजिष्टर्ड रिपब्लिकनका रूपमा दर्ता भएको  तथ्य सार्वजनिक भएको छ । पेन्सेल्भेनिया राज्यको मतदाता सूचीमा रहेको  यो तथ्यसँगै घटनामा विरोधी दलको कार्यकर्ता वा समर्थक रहेको थियो कि भन्ने आशंकाको अन्त भएको छ । 

उले २०२१ मा भने एक एक प्रोग्रेसिभ टर्नआउट प्रोजेक्टलाई १५ डलर चन्दा दिएको देखिन्छ । यसले उनी पहिला तटस्थ वा डेमोक्रेटिक समर्थक हुन सक्ने अड्कलबाजी गरिएको छ । 

बन्दुकधारीको परिचय सार्वजनिक गरिए पनि घटनामा कसकसको संलग्नना थियो र किन गरिएको थियो भन्ने बारेमा भने केही पनि जनाएको छैन । एफबीआईले त्यसमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

बन्दुकधारीको पहिचान एक रिपब्लिकन श्वेत क्रिश्चियन युवाका रूपमा हुनु भनेको अमेरिकाको आधा शान्ति फर्कनु हो । अब यसले बन्दुकधारीको मूल,  अनुहारको रङ र धर्मको किसिमजस्ता राजनीतिक कार्डहरू खासै काम नलाग्ने भएका छन् । अमेरिकामा ट्रम्प र उनका उग्र समर्थकहरू पछिल्लो समय यिनै कार्डका आधारमा घृणा र विभाजनको राजनीति गरिरहेका छन् ।    

 

प्रकाशित मिति: : 2024-07-14 17:11:00

प्रतिकृया दिनुहोस्