मन्त्री माग्नेहरूको ‘बालकोटमा घुइँचो’

Break n Links
Break n Links

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ति हुने समय नजिकिएसँगै ‘बालकोट’मा नेता–कार्यकर्ताहरूको आवतजावत बाक्लिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्कापक्की भएपछि एमालेपंक्ति उत्साहित छ।

चौथोपटक प्रधानमन्त्रीकाे जिम्मेवारी बोक्न तम्सिएका उनलाई नेता–कार्यकर्ताहरूले थप हौसला बाँडिरहेका छन्। त्यसो त अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिन र नमस्कार गर्न बालकोट जानेहरूको ज्यादै भीडभाड छ।

तल्लो तहका नेता–कार्यकर्ता बधाई दिन बालकोट पुगेपनि एमालेका अधिकांश सांसदहरू नमस्कार गर्ने निहूँ पारेर मन्त्री माग्न दौडिरहेका छन्।

अध्यक्ष ओलीलाई एमालेको सचिवालय बैठकले मन्त्री छान्ने ‘एकल जिम्मेवारी’ दिएपछि बालकोटमा सांसदहरूको घुइँचो लागेकाे हाे।

‘अध्यक्षसँग कसैले पनि खुलेर मन्त्री मागेका त छैनन् तर यहाँ आउनेहरू सबै सांसदको आशाचाहिँ मन्त्री पदमै गएर अडिएको छ,’ ओलीको सचिवालयमा रहेका एक सदस्यले भने।

भावी प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार एकाबिहानैदेखि पदाधिकारी, केन्द्रीय सदस्यर सांसदहरूले दौडधुप थालेका छन्।

याे पनि...
प्रकाशित मिति: : 2024-07-14 15:37:00

प्रतिकृया दिनुहोस्