सञ्चारमन्त्रीमा सूर्य थापा र पदम गिरीको चर्चा, योगेशको सम्भावना बलियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक सिंहदरबार नर्छिदै सञ्चारमन्त्रीमा एमालेबाट तीन जनाको नाम चर्चामा छ।

‘बालकोट’ले कसलाई छान्ला ‘गोयबल्स’! पार्टीपंक्ति, सत्तासीन कांग्रेस र मिडिया—जगतमा सर्वाधिक चासो छ।

एमालेबाट मन्त्री छान्ने एकल जिम्मेवारी पाएका अध्यक्ष ओलीले सचिव योगेश भट्टराई, पोलिटव्यूरो सदस्य सूर्य थापा र पूर्वकानुनमन्त्री पदम गिरीमध्ये एकजना सञ्चारमन्त्री बनाउनसक्ने संकेत गरेका छन्।

महासचिव शंकर पोखरेलले पूर्वमन्त्री भट्टराईलाई सञ्चारमन्त्री बनाउँदा सबैतिर सकारात्मक सन्देश जाने सल्लाह दिएको उनीनिकट एक केन्द्रीय सदस्यले जनाएका छन्। यस कारणपनि भट्टराईको सञ्चारमन्त्री बन्ने बलियो सम्भावना रहेको एमाले स्रोतले जनाएको छ।

आफूले सञ्चार मन्त्रालय हाँक्नसक्ने बताउँदै सांसद सूर्य थापाले पनि तीव्र आकांक्षा देखिएका छन्। उनी सञ्चारमन्त्री माग्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल घर धाइरहेका छन्।

‘केही साथीहरूले सञ्चारमन्त्री माग्दै पदाधिकारीको घरदैलो चालिरहेका छन्। हेरौँ कसले बाजी मार्छ! सूर्यजीको त रहर मात्रै हो जस्तो लाग्छ! तर योगेश दाइको सम्भावना बलियो छ,’ उपाध्यक्षनिकट एक केन्द्रीय सदस्यले भने।

कतिपयले सञ्चारमा पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाको अड्कल गरेपनि उनी यो दौडमा छैनन्। किनकि, एमाले अध्यक्ष ओली र बाँस्कोटाको सम्बन्ध चिसिएको छ। 

प्रकाशित मिति: : 2024-07-14 13:23:00

प्रतिकृया दिनुहोस्