सुनको मूल्य स्थिर

Symbolic photo
Symbolic photo

साताको पहिलो दिन आज (आइतबार) सुनको  मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा १ हजार ९ सय रूपैयाँमा कारोबार भएको चाँदी आज २५ रूपैयाँले घटेर १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: : 2024-07-14 10:50:00

प्रतिकृया दिनुहोस्