युरोकपको फाइनलमा आज-राति स्पेन र इङल्याण्डको भिडन्त

photo: Agency
photo: Agency

आज राति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन्। फाइनल खेल नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। भने, नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो।

तीनपटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौंपटक युरोकपको फाइनल खेल्दै छ। भने, इङल्याण्ड लगातार दोस्रोपटक युरोकपको फाइनल खेल्दैछ। २०२०मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो।

स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमनेसामने भएका छन्। जसमा स्पेनले १३ पटक जितेको छ। भने, इङल्याण्डले १४ खेल जितेको छ। त्यस्तै ३ खेल बराबरीमा सकिएका छन्।

प्रकाशित मिति: : 2024-07-14 07:43:00

प्रतिकृया दिनुहोस्