अपडेट : ट्रम्पलाई गोलीप्रहार गर्ने व्यक्ति मारिए

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति  मारिएका छन्। सिक्रेट सर्भिसका अधिकारीहरूद्वारा उनी मारिएका हुन्। यो समाचार तयार पार्दासम्म गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन।

अमेरिकी सञ्चार माध्यमहरूले सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै गोली प्रहार गर्ने व्यक्ति चुनावी सभामा सहभागी नभएको र नजिकैको घरको छानामा भएको जनाएका छन्।

सिक्रेट सर्भिसका सुरक्षाकर्मीको गोली प्रहारबाट चुनावी सभामा सहभागी एक सर्वसाधारण पनि मारिएका छन्। सिक्रेट सर्भिसले पनि घटनामा दुईजना मारिएको पुष्टि गरेको छ। यसैगरी दुईजना सहभागीको सख्त अवस्थामा स्थानीय अस्पतालमा उपचार भैरहेको पनि जनाइएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरेहको सिक्रेट सर्भिसले जनाएको छ। यो घटनापछि अमेरिकामा एक किसिमको सन्नाटा छाएको छ।

पूर्वराष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाको बारेमा चासो र चिन्ता व्यक्त गर्दै विभिन्न देशका नेताहरूले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया पोष्ट गरेका छन्। 

प्रकाशित मिति: : 2024-07-14 05:45:00

प्रतिकृया दिनुहोस्