प्रधानमन्त्री बन्दै ओली, नियुक्ति र शपथ भोलि हुने

Break n Links
Break n Links

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।

गएराति शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एमाले र कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेस भएको हो।

कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेस भएको छ।

कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन्। दाबी पेस गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए।

नयाँ प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने भएको छ।

 

 


प्रकाशित मिति: : 2024-07-13 06:14:00

प्रतिकृया दिनुहोस्