प्रचण्ड पदमुक्त भएको जानकारी राष्ट्रपति कार्यालयमा, आजै सरकार गठनको आह्वान हुँदै

संसद सचिवालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको छ। 

सभामुख देवराज घिमिरेले प्रचण्डले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएका हुन्। 

शुक्रबार संसदमा विश्वासको मत मागेका प्रचण्डले बहुमतका लागि १३८ मत पाउनु पर्नेमा ६३ मात्र पाएर पदमुक्त भएका थिए। 

त्यस लगत्ते संसद सचिवालयले राष्ट्रपतिलाई उनी पदमुक्त भएको जानकारी गराएको हो। 

राष्ट्रपति कार्यालयका सहप्रवक्ता एवम् उपसचिव वसन्तप्रसाद पन्थीले संसद सचिवालयबाट पत्र प्राप्त भएको र आजै नयाँ सरकार गठनका लागि आह्वन गर्ने तयारी भइरहेको बताए। 

प्रकाशित मिति: : 2024-07-12 18:59:00

प्रतिकृया दिनुहोस्