चितवन दुर्घटना: बेपत्ता २ बसका यात्रु खोज्न गोताखोर परिचालन

Break n Links
Break n Links

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुनसक्ने अधिकारीहरूले आशङ्का गरेका छन्।

शुक्रवार बिहान झन्डै साढे ३ बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बीबीसीलाई बताएका छन्।

पहिरोले बगाएर नदीमा पुर्‍याएका दुई बसमध्ये एउटा वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको र अर्को काठमाण्डूबाट गौरतर्फ जाँदै गरेको रहेको बताइएको छ।

पर्साको वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बसमा कम्तीमा २४ जना र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा ३० जना यात्रु भएको बुझिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिएका छन्।

त्यस्तै, चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ। शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको थियो। दुवै गाडीमा गरी ५४ जना सवार थिए।

प्रकाशित मिति: : 2024-07-12 09:37:00

प्रतिकृया दिनुहोस्