जनमत पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

File Photo
File Photo

जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

सीके राउत नेतृत्वको जनमत पार्टीको बिहीबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। जनमतले यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।

तर कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि मधेस प्रदेशको सरकार बचाउन नयाँ गठबन्धनमा लाग्ने संकेत गरेको छ।

अर्कोतर्फ कांग्रेस-एमालेबीचको सहमतिमा पनि ३-३ प्रदेश भागबन्डा गरेपनि मधेस प्रदेश मधेश केन्द्रित दललाई दिने सहमति गरेका छन्। प्रतिनिधिसभामा जनमतका ६ सांसद रहेका छन्।

प्रकाशित मिति: : 2024-07-11 17:59:00

प्रतिकृया दिनुहोस्