बेलका र चौदण्डीगढीमा बाढी, प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै

Break n Links
Break n Links

अविरल वर्षापछि उदयपुरका विभिन्न ठाउँमा बाढी पसेकाे छ।

बेलका र चाैदण्डीगढी नगरपालिकाका केही क्षेत्रमा बाढी पसेकाे हाे। बाढीमा फसेकाहरुकाे सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे टाेलीले उद्दार गरेकाे सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका बेलका नगरपालिका–१ भालमन्ती भौडाहास्थित त्रियुगा नदी र भालमन्ती खोलामा पानीको बहाव बढी बस्ती पस्दा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ। उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नंं. ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिई डुवानमा परेकाहरुको सकुशल उद्धार गरेको छ।

त्यसैगरी बेलका नगरपालिका– २ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढी बस्तीमा पस्दा डुवानमा परेका करिब २ सय ५० घरपरिवारलाई सो गण तथा नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ।

त्यस्तै चौदण्डीगढी नगरपालिका–७ स्थित द्धार खोलामा आएको बाढीले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौज, नेपाल प्रहरी र स्थानीय वासिन्दाले जाली लगाई बाँध निर्माण गरेका छन्।

प्रकाशित मिति: : 2024-07-10 09:19:00

प्रतिकृया दिनुहोस्