पहिले त सामान्य टाउको दुखेको थियो, काठमाडौँ वसन्तुपरकी सीता धामीलाई। टाउको दुख्दा उनलाई लागेको थियो, मौसमी रुघाखाकी त होला।
सीताले धेरै चिन्ता गरिनन्। तर एकपछि अर्को दिन उनलाई थप असहज हुँदै गयो। शरीर चिलाउन थाल्यो। ज्वरो आउन थाल्यो। वान्ता हुन थाल्यो।
जसले उनलाई सहन गाह्रो भयो। स्नातक दोस्रो वर्षमा पढ्दै गरेकी उनी कलेज जान पनि सकिनन्। त्यसपछि सीता नजिकै छात्रापाटी अस्पताल पुगिन्। चेकजाँच गर्दा थाहा भयो सीतालाई डेंगु भएको रहेछ।
‘डेंगु नाम मात्रै सुनेकी थिएँ। तर, लागेपछि धेरै गाह्रो हुँदोरैछ,’ उनले भनिन्। डेंगुले उनलाई १८ दिन ढलायो। उपचारपछि उनी तौरिँदै छिन्।
अहिले उनलाई आफू कमजोर भएको महसुन भएको छ। ‘डेंगुपछि शरीर कमजोरी भएको छ’ उनले भनिन्। सीता अस्पतालमा चार दिन बसिन्। त्यसपछि घर फर्किएर आराम गरिरहेकी छिन्।
डेंगु कसरी लाग्यो? उनलाई शंका लागेको छ–राती सुत्दा झुल प्रयोग नगरेकाले।
सीता मात्रै होइन स्वयम्भु डल्लुकी ११ वर्षीया सोविता तिवारीलाई स्कुलमा एक्कसी ज्वरो आयो। त्यसपछि उनकी आमाले फार्मेसीको सिटामोल ल्याएर खुवाइन्।
त्यो सिटामोलले सोवितालाई सन्चो बनाएन। उल्टै बान्ता भयो। ज्वरो बढो। बालिका सोविता झनै सिथिल हुँदै गइन्। उनलाई पनि त्यसपछि छात्रपाटी अस्पता लगियो र चेक गर्दा डेंगु देखियो।
‘सलाइन पानी दिएर छ दिनसम्म अस्पतालमै राख्यौँ,’ उनकी आमाले भनिन् ‘डेंगु लागेपछि बच्चाहरुलाई स्याहार्न मुस्किल हुँदो रहिछ।’
सोवितालाई कसरी डेंगु लाग्यो? उनकी आमा भन्छिन्– ‘गर्मी हुन्छ भनेर बच्चालाई छोटो कपडा लगाइदिएँ। त्यहिबेला लामखुट्टेले टोक्यो होला।’
घरमा झुल लगाएर सुत्ने गरेको भए पनि स्कुलबाट आएपछि बहिर खेल्न जानेसमयमा लामखुट्टेले टोकेकेको हुन सक्ने उनले बताइन्।
माथिका यी उदाहरण वर्षायाममा डेंगु कसरी घर–घरमा पुगेको छ भन्ने देखाउने उदाहरण हुन्। देशको राजधानी काठमाडौंमा डेंगुको बिरामी बढेको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले असार एक सातामा अस्पतालमा डेंगुका बिरामी बढेको बताए।
‘फाट्टफुट्ट डेंगुका बिरामी आउँथे आजभोली संक्रमितहरू दैनिक ३–४ जनासम्म उपचारका लागि आउने गर्छन्,’ उनले भने।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुस मध्यदेखि असार ९ सम्म देशभर १ हजार २ सय ६८ जनामा डेंगु देखिएको छ।
पहिले डेंगु तराईका जिल्लामा मात्र लाग्ने रोगका रुपमा थियो। तर पछिल्ला वर्षहरुमा पहाडि तथा हिमाली जिल्लामा पनि डेंगु पुगेको छ। यसलाई जलवायु परिवर्तनसँग चिकित्सक।
हाल ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ। हुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको इपिडिमियोलोजीले जनाएको छ।
यस वर्ष डेंगु संक्रमण बढ्ने
गत वर्ष २०८० पुसदेखि मंसिरसम्म देशभर ५१ हजार २३४ संक्रमित भेटिएका थिए। यस समयमा २० जना संक्रमितको मृत्युसमेत भएको थियो।
जसमा सबैभन्दा बढी प्रभावित धरान भएको थियो।
डेंगुले दीर्घरोग भएका जस्तै दम, मुटु, फोक्सो, श्वासप्रश्वास समस्याका रोगीलाई बढी असर पुर्याउँछ।
यो वर्ष पनि डेंगु अझ बढ्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ। वर्षा लागेसँग पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमण बढ्ने गरेको छ।
पानी जम्ने सफा ठाउँमा ‘एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस’ प्रजातीको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगु फैलिन्छ।
के हो डेंगु?
खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्छ। डेंगी सिधै मानिसमानिसको निकटता वा सम्पर्कबाट सर्दैन।
डेंगी लागेकै व्यक्तिलाई टोकेको त्यो लामखुट्टेले अर्को स्वस्थ मानिसलाई टोक्यो भनेमात्रै त्यो रोग सर्नसक्छ। त्यो प्रजातिमा पनि पोथी समूहका लामखुट्टेले टोकेमा मात्रै यसको संक्रमण हुन्छ।
त्यो लामखुट्टेले टोकेको १५ दिनसम्म पनि सामान्यतया डेंगीका लक्षणहरू नदेखिनसक्छ। तर च्याप्दै गएपछि टाउको एकदमै जोडले दुख्ने वाकवाकी लाग्ने र बान्ता हुने क्रम सुरु हुन्छ।
अनि ज्वरो बढ्दै जाने हुन्छ। त्यस्तै रिङटा लाग्ने, ज्वरो अनियमित हुने, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुसजस्ता लक्षण देखा पर्ने हुन्छ।