सामान्य अंकले घट्याे नेप्से

नेप्से परिसूचक सोमबार सामान्य अंकले घटेको छ।

नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

आज ३२४ कम्पनिको ५९ हजार ९७४ कारोबारमा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज समाज लघुवित्तको सबैभन्दा बढी ९.६८ प्रतिशत शेयर मूल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ८.३९  प्रतिशतले घटेको छ।

आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २८ करोड ७० लाख कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-07-08 16:08:00

प्रतिकृया दिनुहोस्