घट्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।

सोमबार सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज प्रतितोला १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-07-08 11:25:00

प्रतिकृया दिनुहोस्