एमाले संसदीय दलको बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ।

आज बिहान १० बजे नयाँ बानेश्वरस्थित संसद भवनकाे ल्होत्से हलमा संसदीय दलको बैठक बस्दैछ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएकाे छ। कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो।

प्रकाशित मिति: : 2024-07-07 07:29:00

प्रतिकृया दिनुहोस्