नेकपा एसले घोषणा गर्‍यो ९३ केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादीको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ।

अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नगरी अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका हुन्।

साविक पोलिटब्यूरो ९९ सदस्यीय भएपनि विदेशमा रहेका, शारीरिक रूपमा अशक्त भएकाहरू बाहेक गरी ९३ सदस्य समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार अब १० दिनभित्र केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन हुने र बाँकी केन्द्रीय सदस्यहरूको नाम पनि सार्वजनिक गरिनेछ।  

प्रकाशित मिति: : 2024-07-05 15:09:00

प्रतिकृया दिनुहोस्