रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले राजीनामा दिँदैछन्। सरकार ढल्ने निश्चित भएपछि उनीहरुले आज (बिहीबार) बिहान सामूहिक राजीनामा दिन लागेका हुन्।

रास्वपा प्रमुख सचेतक सन्ताेष परियारले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बिहान ८ बजे राजीनामा बुझाउने बताएका छन्।

नेपाली काँग्रेस र एमालेबीच नयाँ सरकार निर्माणका लागि सत्ता समीकरण भएकाे छ। साेहीअनुसार एमालेले बुधाबार सरकारलाई दिएकाे समर्थन  फिर्ता लिँदै मन्त्रीहरु फिर्ता बाेलाएकाे छ।

त्यससँगै सरकार अल्पमतमा परेपछि रास्वपाका मन्त्रीहरुले पनि राजीनामा दिन लागेका हुन्।

रास्वपाबाट सभापति रवि लामिछानेले उपप्रधान तथा गृह, उपसभापति डाेलप्रसाद अर्यालले श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सह-महामन्त्री सुमना श्रेष्ठले शिक्षा विज्ञान तथा प्रविधि मन्त्राल र विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन्।

प्रकाशित मिति: : 2024-07-04 07:34:00

प्रतिकृया दिनुहोस्