अल्पमतमा प्रचण्ड सरकार, एमालेले फिर्ता लियाे समर्थन

नेकपा (एमाले)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ। याे सँग प्रचण्ड सरकार अल्पमतमा परेकाे छ।

संसदकाे सबैभन्दा ठुलाे दल नेपाली काँग्रेससँग सत्ता समीकरणकाे सहमति गरेकाे एमालेले नयाँ सरकार निर्माणका लागि बुधबार साँझ समर्थन फिर्ता लिएकाे हाे।

ओलीकाे नेतृत्वमा सरकार निर्णमा गर्नेगरी नेपाली काँग्रेस र एमालेबीच सहमति भएकाे छ। नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्रीकाे राजीनामा माग गरेपनि प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै मन्त्रीहरु फिर्ता लिने निर्णय गरेकाे हाे।

एमालेले समर्थन फिर्ता लिएपनि राजीनामा नदिने र ३० दिनभित्र विश्वासकाे मत लिने प्रधानमन्त्री प्रचण्डले घाेषणा गरेका छन्।

प्रकाशित मिति: : 2024-07-03 18:47:00

प्रतिकृया दिनुहोस्