काँग्रेस र एमालेकाे सहमतिबारे माओवादीले भन्याे- षड्यन्त्र भयाे, प्रतिवाद गर्छाैँ

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रले काँग्रेस र एमालेबीच भएकाे सहमति स्वभाविक नभएकाे बताएकाे छ।

मंगलबार बिहान बसेकाे पार्टी पदाधिकारी बैठकपछि सचिव देवेन्द्र पौडेलले दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाऔं भन्न नमिल्ने भन्दै त्यसकाे प्रतिवाद गर्ने सहमति भएकाे बताए।

‘एकातिर एउटा सहमति गर्ने, फेरि अर्कातिर आज बिहान आएर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर मिल्छ र? जे त्यही भन्नुपर्थ्याे नि! तुरुप चाहिँ एउटा फाल्ने, काम अर्को गर्ने जे भएको छ, त्यो षड्यन्त्र हो, त्यसकाे प्रतिवाद गर्ने सहमति भएकाे छ’, उनले भने

सचिव पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’सँग एकथरि र काँग्रेससँग अर्काेथरि कुरा गरेकाे बताए।

उनले भने, ‘रातरात भएकाे सहमित सहज, स्वभाविक छैन। याे कसरी भयाे, किन याे? खासगरी प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे ४ घण्टा एकथरि कुरा गर्नुभयाे, बेलुका अर्काेथरि (काँग्रेस) सँग अर्काे कुरा भयाे। जस्ताकाे तस्तै भनिदिएकाे भए हुन्थ्याे।’

पार्टीकाे तर्फबाट एकमतले विश्वासकाे मत लिन सामना गर्ने र विभिन्न पक्षहरूसँग कुराकानी गरेर अगाडि बढ्ने सहमित भएकाे उनले बताए।

‘प्रधानमन्त्री निम्ति बहालवाला प्रधानमन्त्री प्रचण्ड बसिरहनुपर्छ भन्ने केही थिएन। यदि सहमति हाे भने जस्ताकाे तस्तै भन्नुस् भनेर २ दिनसम्म लगातार उहाँले भन्नुभयाे। अब प्रधानमन्त्रीले गलेर छाेड्ने कुरा भएन’, उनले भने, ‘संसद फेस गरेर विश्वासकाे मत लिने प्रधानमन्त्रीले धारणा बनाउनुभएकाे छ। पार्टीकाे तर्फबाट एकमतले विश्वासकाे मत लिने सामना गर्ने, विभिन्न पक्षहरूसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने कुरा भएकाे छ।’

प्रकाशित मिति: : 2024-07-02 12:33:00

प्रतिकृया दिनुहोस्