सरकार परिवर्तनकाे कुरा हल्लामात्रै हाे, गम्भीरतापूर्वक लिनु पर्दैन: गृहमन्त्री लामिछाने

File Photo
File Photo

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकार परिवर्तनका विषयमा उठेका कुरा हल्लामात्रै भएकाे बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्ताे बताएका हुन्।

‘त्यस्ताे छैन, हल्लामात्रै हाे। म पनि सरकारमै छु, त्यस्ताे केही पनि छैन’, लामिछानले भने, ‘मेराे भर्खरै दुईजना नेतासँग पनि कुराकानी भयाे। त्यस्ताे केही पनि हाेइन।’

उनले कहिलेकाहीँ सरकार सञ्चालनका विभिन्न प्रक्रियाहरुमा असमझदारी हुने र नेताहरुबीच भेटघाट हुने कुरा सामान्य रहेकाे बताए। यसलाई गम्भीरतापूर्व लिनुनपर्ने उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2024-07-01 17:12:00

प्रतिकृया दिनुहोस्