बितेको २४ घण्टा (मंगलबार बिहान ८ बजेदेखि बुधबार बिहान ८ बजेसम्म) मा देशभर बाढी, पहिरो र चट्याङमा परी ११ जनाले ज्यान गुमाएका छन्। यी घटनामा परी १० जना घाइते भएका छन् भने २ जना बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पहिरोमा परी देशभर ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
यस्तै चट्याङबाट ५ जनाको मृत्यु ३जना घायते, बाढीमा परी १ जनाको मृत्यु २ जना घाइते १ जना बेपत्ता, जनावरबाट १ जना घाइते भएका छन्।
जेठ १० गते देशभर मनसुन सक्रिय भएसँगै अब बाढी, पहिरोको विपत्ति सुरु भएको। बितेको २४ घण्टामा देशका पुर्वी जिल्लामा बढी वर्षा भएको छ। जसबाट मोरङको विराटनगर बढी जलमग्न भएको छ।
देशभर रहेका १७० वर्षा मापन केन्द्रहरूमध्ये सबै भन्दा धेरै विराटनगरको वर्षा मापन केन्द्रमा वर्षा भएको छ। जहाँ ३६१ मिलिमिटर वर्षा हुँदा विराटनगर जलमग्न भयो।
साथै पश्चमका तराई जिल्ला पनि डुवान भएमा परेका छन्।