बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकरकाे छपाईमा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराउन अन्तिम तयारी थालिएको अख्तियार स्रोतको दाबी छ।
अख्तियारले नयाँ रणनीतिसहित मुख्यसचिव अर्याललाई अन्तःशुल्क स्टिकरकाे छपाई र टेरामक्स खरिद प्रकरणमा नेपाली कांग्रेसका दुई पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र मोहन बस्नेत समेतलाई मुद्दा दायर गर्ने बुझिएको छ।
अर्यालविरुद्ध मुद्दा दायर भएको अवस्थामा उनी तत्काल मुख्यसचिवको जिम्मेवारीबाट निलम्बित हुनेछन्। मुद्दा दायर भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का सचिवलाई कार्यवाहकको जिम्मेवारी दिनेछन्।
आयोगको शुक्रबार बसेकाे बैठकमा मुख्यसचिव अर्याललाई ‘सञ्चार सचिव हुँदा गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोड’ निकालिएपनि तत्कालीन मन्त्री कार्की र बस्नेतकाे सन्दर्भमा भने आयुक्तबीचमै मत बाँझिएको थियो।
अख्तियार स्रोतका अनुसार २२ जनाभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने आयोगको प्रस्तावमा एकथरी आयुक्तले राजनीतिक नेतृत्वलाई निर्णय प्रक्रियामा सामेल गराउन नहुने धारणा राखेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया