‘थाई राजा’लाई नेपाल भ्रमणकाे निम्ताे

Break n Links
Break n Links

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट थाई राजालाई नेपाल भ्रमणकाे निम्ताे दिएका छन्।

राजा वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राष्ट्रपतिका तर्फबाट राजदूत ओलीले ‘थाई नरेश’को व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्यान्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

राजदूत ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराएका छन्।

राजदूत ओलीले शनिबार थाइल्यान्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ। ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेकाे अधिकारीहरूले जनाएका छन्।

थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरेका छन्। निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उनको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन्।

प्रकाशित मिति: : 2024-06-23 08:14:00

प्रतिकृया दिनुहोस्