निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध मागियाे उजुरी

File Photo
File Photo

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गरेको छ।

शुक्रबार बसेको समितिकाे बैठकले १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको सभापति पशुपति शमशेर राणाले जानकारी दिए।

संसदीय सुनुवाइपछि समितिबाट प्रधानको नाम अनुमोदन भए नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो। नुवाकोट स्थायी ठेगाना भएका उनी नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए।

प्रधानसँग आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक), ग्रामीण विकास प्रतिष्ठान, राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काम गरेको अनुभव छ।

प्रकाशित मिति: : 2024-06-21 13:19:00

प्रतिकृया दिनुहोस्