कांग्रेसले बोलायो संसदीय दलको बैठक

फाइल तस्विर
फाइल तस्विर

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। त्यसअघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ।

प्रकाशित मिति: : 2024-06-19 16:01:00

प्रतिकृया दिनुहोस्