राजेन्द्र लिङदेनले संसदकाे रोष्टममै च्याते मन्त्रालयको बजेट पुस्तिका

Break n Links
Break n Links

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका संसदकाे रोष्टममै च्यातेका छन्।

प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद लिङदेनले भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३-४ जना नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका हुन्।

उनले आफूले च्यातेको पुस्तिका च्यातेर हुर्‍याउने मन भएकाे तर संसदीय मर्यादाविपरीत हुने भन्दै रोष्ट्रममै छोडे।

‘सामान्यतया म आफैँले आफूलाई हेर्दाखेरि कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस पनि उठ्छ, कहिलेकाहीँ रिस पनि पाेखिन्छ तर एकछिनपछि सेलाउने फेरि मन बुझाउने मान्छे आफूलाई ठान्छु। तर, जब याे भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ। तर, यो संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने, त्यहाँचाहिँ नहुर्‍याएर मैले यहाँ राख्छु’, उनले भने।

उनले जिल्लाको नाम तोक्दा आलोचना हुन्छ भनेर कार्यक्रम मात्र लेखेरसमेत बजेट छुट्याइएको आरोप लगाए। उनले कुन विधि र तरिकाबाट आफ्नो र केही नेताको जिल्लामा मात्र बजेट छुट्याएको हो भन्दै प्रश्न गरेका छन्।

प्रकाशित मिति: : 2024-06-18 13:10:00

प्रतिकृया दिनुहोस्