नक्कली लाइसेन्स वितरण गर्ने उप-सचिवसहित पाँच जना पक्राउ

फाइल तस्विर
फाइल तस्विर

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबी)ले नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार साह र राजेश लम्साल रहेका छन्।

सिआइबीले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

यातायात व्यवस्था विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको खुलेको थियो।

सोही विषयलाई लिएर सिआइबीले छानबिन गरिरहेको छ।

प्रकाशित मिति: : 2024-06-16 21:31:00

प्रतिकृया दिनुहोस्