किन खाेलियाे पशुपतिनाथ मन्दिरका चारवटै ढोका?

फाइल तस्विर
फाइल तस्विर

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन्।

पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८: ३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिएको हो।

चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोर क्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको कोषले जनाएको छ।

अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९: ३० बजेदेखि ११: ३० सम्म खुला गरिँदै आएको थियो।

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिनमात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो।

प्रकाशित मिति: : 2024-06-15 15:48:00

प्रतिकृया दिनुहोस्