झापाको शिवसताक्षीमा एकै परिवारका तीनजना मृत फेला परेका छन्।
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ भोटेपुलमा शुक्रबार बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका हुन्।
सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ९ वर्षका विशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन्। अन्जली झुन्डिएको अवस्थामा फेला परेकी छन्।
आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।
प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ।