बिएल संवाददाता
पछिल्लाे समय बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चर्चामा छिन्।
प्रेमी जहीर इकबालसँग २३ जुनमा विवाह गर्ने खबरका कारण उनी चर्चित भएकी हुन्।
केही महिनामा वैवाहिक बन्धनमा बाँधिन लागेकी साेनाक्षीकाे सम्पत्तिबारे पनि चर्चा भइरहेकाे छ।
३७ वर्षीया सोनाक्षी सिन्हाको कुल सम्पत्ति १०० करोड भारु अनुमान गरिएको छ। उनको सम्पत्तिमा विलासी घर, महँगो कार र व्यापारिक लगानी समावेश छ।
मार्च २०२० मा, सोनाक्षीले समुद्रको किनारमा बान्द्रामा १४ करोड रुपैयाँको आलिशान घर किनिन्। यो १६ औं तलामा अवस्थित छ र ४६२८ वर्ग फिटमा फैलिएको छ।
यसबाहेक उनले सोही भवनमा ११ करोड रुपैयाँमा अर्को अपार्टमेन्ट पनि किनेकी छन्।
सोनाक्षीसँग धेरै लक्जरी कारहरू छन्, जसकाे मूल्य कराेडाैं रूपैयाँ पर्छ।
सोनाक्षीले सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ मा काम गरेकी थिइन् जसको लागि उनले २ करोड पारिश्रमिक लिएकी थिइन्।
यस बाहेक उनले डाबर, कोलगेट, स्ट्रेक्स हेयर कलर, आसुस, डी'दमास जस्ता विभिन्न ब्रान्डका विज्ञापनबाट पनि राम्रो कमाइ गरेकी छन्।
२०२४ को शुरुवातमा, सोनाक्षीले प्लस गोल्ड नामक भारतीय सुन लगानी प्लेटफर्ममा लगानी गरेकी थिइन् र उनी यसको ब्रान्ड एम्बेसडर पनि हुन्।
सोनाक्षी र जहीर इकबालको उमेरमा दुई वर्षको अन्तर छ। सोनाक्षी ३७ वर्षकी छिन् भने जहीर ३५ वर्षका छन्।
सन् २०२२ मा रिलिज भएको चलचित्र ‘डबल एक्सएल’ मा दुवै एकसाथ देखिएका थिए। रिपोर्टका अनुसार सोनाक्षी विगत एक वर्षदेखि जहीरसँग लिभ इन रिलेशनशिपमा रहेकी छिन्।
डीएनए रिपोर्टका अनुसार जहीर इकबालको कुल सम्पत्ति १ देखि २ करोड रुपैयाँसम्म रहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया