बिएल संवाददाता
आइसिसी टी- २० र्याङ्किङमा नेपाल युएई र अमेरिकाभन्दा पछि परेकाे छ।
मंगलबार आइसिसीले सार्वजनिक गरेकाे विवरणअनुसार नेपाल युएई र अमेरिकापछि १८औँ स्थानमा रहेका छ। युएई र अमेरिका क्रमश: १६औँ र १७औँ स्थानमा रहेका छन्।
टी- २० र्याकिङमा भारत पहिलाे, अस्ट्रेलिया दाेस्राे, इङ्ल्याण्ड तेस्राे, वेस्ट इन्डिज चाैथाे, न्युजिल्याण्ड पाँचाैँ, दक्षिण अफ्रिका छैठाैँ, पाकिस्तान साताैँ, श्रीलंका आठाैँ, बङ्गलादेश नवाैँ र अफगानस्तान दशाैँ स्थानमा रहेका छन्।
त्यस्तै, आयरल्याण्ड ११औँ, स्कटल्याण्ड १२औँ, जिम्बावे १३औँ, नामिविया १४औँ र नेरल्याण्ड्स १५औँ स्थानमा रहेका छन्। भने, १९औँ स्थानमा ओमान र २०औँ स्थानमा पपुवा न्युगिनी रहेका छन्।
ब्याटिङमा नेपालका दिपेन्द्र सिंह ५२औँ स्थानमा
टी- २०काे ब्याटिङकाे र्याङ्किङमा नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी ५२औँ स्थानमा रहेका छन्।
टी- २० र्याङ्किङकाे पहिलाे नम्बरमा भारतका सूर्यकुमार यादव रहेका छन्।
भने, इङ्ल्याण्डका फिल साल्ट दाेस्राे, पाकिस्तानका बाबर आजम तेस्राे र माेहद रिज्वान चाैथाे, इङ्ल्याण्डका जस बटलर पाँचाैँ, भारतका यशस्वी जायसवाल छैठाैँ, वेस्ट इन्डिजका बेन्डन किङ साताैँ, दक्षिण अफ्रिकाका एडन मार्कम आठाैँ र रीजा हेङ्डिक्स नवाैँ तथा अस्ट्रेलियाका ट्रेभिस हेड १०औँ स्थानमा रहेका छन्।
याे सूचीमा नेपालका ऐरीपछि राेहित पाैडेल ५५औँ स्थानमा र आशिफ शेख ९०औँ स्थानमा रहेका छन्।
अलराउण्डमा दीपेन्द्र सिंह ९औँ स्थानमा
आइसिसी टी- २० र्याङ्किङकाे अलराउन्डरतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी ९औँ स्थानमा परेका छन्।
अलराउन्डरकाे सूचीकाे पहिलाे नम्बरमा अफगानस्तनका माेहमद नावी पहिलाे र अस्ट्रेलियाका मार्कश स्टाेनिस दाेस्राे स्थानमा रहेका छन्।
भने, नेपालका कुशल मल्ल ३६औँ, गुल्सन झा ६२औँ, राेहित पाैडेल ६६औँ र करण केसी ६९औँ स्थानमा रहेका छन्।
यस्तै, बलिङमा नेपालका साेमपाल कामी ९९औँ स्थानमा छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया