कमल विक
गायक, संगीतकार, गीतकार तथा एरेञ्जर हुन्, बिबि अनुरागी। दर्जनाैँ गीतमा स्वर भरेका, सयाैँ गीत लेखेका तथा संगीत गरेका अनुरागीले हजराैँ गीतकाे म्युजिक एरेञ्ज गरेका छन्।
वि.सं. २०३२ फागुन ७ गते बागलुङमा जन्मिएका अनुरागीले गाउँमै माध्यमिक तहसम्मकाे अध्ययन र पाेखरामा उच्च शिक्षा हासिल गरेका थिए। बाजे र बुबासँग आरनमा काम गरेका अनुरागीले उच्च शिक्षा अध्ययनकाे क्रममा पाेखराबाट औपचारिक संगीतिक यात्रा सुरु गरेका थिए।
उनकाे वि.सं. २०५१ मा पाेखरास्थित रेडियाे नेपालकाे क्षेत्रीय कार्यालयमार्फत ‘आमा’सम्बन्धी पहिलाे गीत रेकर्ड भएकाे थियाे। पाेखरामा विभिन्न कार्यक्रम, दाेहाेरी साँझ, क्लबहुँदै सांगीतिक यात्रा अगाडि बढाएका उनले २०५९देखि काठमाडाैँबाट सांगीतिक जीवनलाई निरन्तरता दिइरहेका छन्।
उनले अहिले बबरमहलस्थित आफ्नाे प्रिजमा रेकर्डिङ स्टुडियाेमार्फत् गीत-गीत संगीतकाे काम गरिरहेका छन्।
बागलुङमा आरने, पाेखरामा मास्टरी (शिक्षक) र काठमाडाैँ (पाेरामा पनि) संगीतिक जीवन व्यतितपछि अनेकाैँ सफलता हासिल गरेका अनुरागीसँग बिएलकर्मी कमल विकले कुराकानी गरेका छन्।
कुराकानीमा अनुरागीले बागलुङमा बिताएकाे आरने जीवन र भाेगेकाे जातीय विभेदका अनुभूति, पाेखरामा गरेकाे संघर्ष र काठमाडाैँ प्राप्त गरेकाे सफलताबारे प्रस्ट्याएका छन्।
प्रस्तुत छ, अनुरागीसँग गरिएकाे भिडियाे कुराकानी:
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया