रामको जन्म अयोध्यापुरीमै- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन्।

एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन्।

उनले भने, ‘अहिले पनि ठानिरहेका छौँ, रामको जन्म यही चितवनको माडी हो। शास्त्रले जिन्ते गरी भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन्।’

यसअघि ओलीले २०७औँ भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किम्वदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सवत्र भएको थियो।

रामको जन्मभूमि भारतको उत्तर प्रदेशमा रहेको अयोध्यालाई मानिँदै आएको भएपनि आलीले भने माडीमा भएको दाबी गर्दै आएका छन्।

माडीमा मन्दिर बनाएर कोरोना महामारीका बिच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवनसमेत ल्याइएको थियो।

प्रकाशित मिति: : 2024-06-07 19:51:00

प्रतिकृया दिनुहोस्