सहकारी प्रकरण: संसदीय छानबिन समितिकाे बैठक बस्दै

File Photo
File Photo

सहकारीको बचत रकम हिनामिनाकाे छानबिन गर्न गठित संसदीय समितिको बैठक आज पनि बस्दैछ।

सिंहदबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा छानबिन समितिको कार्यविधिलगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन्।

यही जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न समिति गठन भएको थियो। नेकपा (एमाले) सांसद सूर्य थापाको सभापतित्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो।

समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ।

समितिको सदस्यमा नेकपा (एमाले)बाट सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र)बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान रहेका छन्।

प्रकाशित मिति: : 2024-06-07 12:36:00

प्रतिकृया दिनुहोस्