ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानकाे शुभारम्भ गरेकाे छ।
बिहीबार एक कार्यक्रमबीच मेयर चिरीबाबु महर्जनले यस अभियानले जनप्रतिनिधिहरू चुनावको निमित्त भोट माग्नमात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने भन्दै नागरिकले दुःखका कुराहरू नगर प्रहरीमार्फत जनप्रतिनिधिलाई सुनाउन सक्ने बताए।
घरघरमा नगर प्रहरी भन्नासाथ यसका बहुआयामिक फाइदा रहेकाे बताउँदै उनले भने, 'अब हामी जनप्रतिनिधिहरू चुनावको निमित्त घरमा भोट माग्न आउने त्यसपछि हराउने भन्ने आरोप पनि हराउनेछ।’
तस्बिर हेर्नुहाेस्–