स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित चार चिनियाँ नागरिक पक्राउ

शनि शाक्य

काठमाडाैं
Break n Links
Break n Links

ठमेलको एक होटलबाट स्रोत नखुलेको ६५ लाख रूपैयाँसहित चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

ट्याक्सीबाट भक्तपुर जाँदै गर्दा उनीहरूलाई मंगलबार रातको १ बजे भक्तपुरको महेश्वरी पेट्रोल पम्पबाट नियन्त्रणमा लिइएको थियो। सोहीकममा खोजतलास गर्दा उनीहरू साथबाट ६५ लाख रुपैयाँ बरामद भएको थियो। 

 केही महिनाअघि ‘टुरिस्ट’ भिसामा काठमाडौं आएका उनीहरू ठमेलको होटल नेपाल भुमिमा बस्दै आइरहेका थिए। त्यहीबाट उनीहरूले अवैध रुपमा व्यवसाय गर्दैआइरहेको भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद बिष्टले बताए। 

चिनियाँ नागरिकबाट पक्राउ परेको उक्त रकम अहिले राजस्व अनुसन्धान विभाग पठाइएको छ। र, उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2024-06-05 16:27:00

प्रतिकृया दिनुहोस्