ढुङ्गा-गिट्टी उत्खनन गर्दा १ अर्ब बढीकाे भ्रष्टाचार, गोदावरीका मेयरसहित १४ जनाविरुद्ध मुद्दा दायर

File Photo
File Photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

लेले र नल्लुखका ढुंगाखानीबाट ढुङ्गा गिट्टी उत्खनन गर्दा भ्रष्टाचार गरेकाे आराेपमा उनीहरूविरुद्ध अख्तियारले साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे।

अख्तियारले मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएर मुद्दा दायर गरेकाे छ। उनीहरूविरुद्ध अख्तियारले ५ वटा छुट्टाछुट्टै मुद्दा पेस गरेकाे छ। उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावी गरिएकाे छ।

यस्ताे छ अख्तियारकाे आरोप

प्रकाशित मिति: : 2024-06-03 16:31:00

प्रतिकृया दिनुहोस्