आजको मौसम: यी प्रदेशमा मेघगर्जनसहित वर्षामकाे सम्भावना

Break n Links
Break n Links

नेपालमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

प्रकाशित मिति: : 2024-06-03 06:02:00

प्रतिकृया दिनुहोस्