६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ रहेका छन्।
सामाखुसीमा बस्दै आएका उनी लाजिम्पाटबाट पक्राउ परेका हुन्।
६० किलो सुनमा कान्छामानको संलग्नताबारे अहिले अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएकाे छ।