बिएल संवाददाता
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले न्युरोडमा सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरूले नै अहिले विरोध गरिरहेकाे बताएका छन्।
महानगरले भत्काएकाे न्यूरोडको सडक पुनःस्थापन गर्न सडक डिभिजन कार्यालयले दिएको समय सकिनै लाग्दा मेयर बालेनले शुक्रबार समाजिक सञ्जालमार्फत यस्ताे बताएका हुन्।
‘न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्’, उनले लेखेका छन्, ‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ?’
सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्न समेत उनले सुझाव दिएका छन्। उनले त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्न पनि आग्रह गरेका छन्।
प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन भन्दै बालेनले भनेका छन्, ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ।’
विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन एकजुट बन्नसमेत आग्रह गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया