तोलामा १७ सयले बढ्यो सुनकाे मूल्य

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सयले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-05-31 11:11:00

प्रतिकृया दिनुहोस्