अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प दोषी, जुलाई ११ मा सजाय घोषणा

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कमा भएको एक ऐतिहासिक आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटा मुद्दामा उनी दोषी ठहर भएका हुन् । 
अमेरिकाकै इतिहासमा कुनै पनि पूर्व वा सेवारत अमेरिकी राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो । उनलाई के सजाय दिइने छ, त्यसको निर्णय भने जुलाई ११ मा हुनेछ । उनलाई बढीमा चार वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ । 

पूर्वराष्ट्रपति ट्रम्पले २०१६ को चुनवा जित्नका लागि नीलो सिनेमाकी नायिका स्टर्मी डेनियलसँग भएको यौनसम्बन्ध लुकाउन उनलाई एक लाख ३० हजार रकम दिएका थिए । तर, त्यो रकमको विवरण लुकाउन उनले गलत अभिलेख राखेका थिए ।

यौनसम्बन्ध लुकाउन दिइएको त्यही पैसा नै ट्रम्पका लागि भारी भयो । 

इतिहासमै पहिलोपटक सेवारत वा पूर्व राष्ट्रपति फौजदारी मुद्दामा दोषी ठहरिएको यो घटनाले अमेरिका लज्जित र स्तव्ध भएको छ ।

प्रकाशित मिति: : 2024-05-31 03:53:00

प्रतिकृया दिनुहोस्