
बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान समीकरणभन्दा बाहिर नजाने दाबी गरेका छन्।
बिहीबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानीमा अध्यक्ष नेपालले समीकरणभन्दा बाहिर नजाने स्पष्ट पारेकाे बताएका हुन्।
‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीचाहिँ यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरामा उहाँले क्लियर गर्नुभएको छ’, नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले भने।
यसैगरी प्रधानमन्त्रीले मधेश प्रदेशमा वर्तमान समीकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा राखे। ‘वर्तमान समीकरण अनुसारनै मधेश प्रदेशमा सरकार निर्माण हुन्छ’, उनले भने।
बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ। देउवाले मधेश प्रदेशमा एकीकृत समाजवादीलाई साथमा लिएर जसपा नेपाल र लोसपासहितको सरकार बनाउने प्रयास थालेका छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया