हैदरवादलाई सहजै पराजित गरेर कोलकाताले जित्याे आइपिएलको उपाधि

ipl
ipl

कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रोपटक आइपिएलको उपाधि जितेको हो।

सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। कोलकाताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सनराइजर्सले १८.३ ओभरमा अल आउट हुँदै ११३ रन बनाएको थियो।

सनराइजर्सका लागि कप्तान प्याट कमिन्सले सर्बाधिक २४ रन बनाएका थिए भने एडन मार्क्रमले २० रन बनाएका थिए। त्यस्तै कोलकाताका बलर आन्द्रे रसेलले सर्बाधिक ३ विकेट लिए भने हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए।

यो जितसँगै कोलकाताले २०१२ र २०१४ पछि तेस्रोपटक आइपिएलको उपाधि जितेको छ। कोलकाता २०२१मा फाइनलमा पुगेर पराजित भएको थियो।

प्रकाशित मिति: : 2024-05-27 06:32:00

प्रतिकृया दिनुहोस्