सहकारी ठगीविरुद्ध सडकमा उत्रियाे कांग्रेस

शनि शाक्य

काठमाडौं

नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध काठमाडाैँमा प्रदर्शन गरेकाे छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै कांग्रेसले आइतबार काठमाडौँस्थित प्रदर्शनी मार्गमा प्रदर्शन गरेकाे हाे।

प्रदर्शनमा कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेका छन्।

राष्ट्रियसभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा तथा रमेश लेखक, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु प्रदर्शनमा पुगेका छन्।

गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुले माग राखेका छन्।

गृहमन्त्रीमाथि संसदीय समिति बनाउनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको कांग्रेस आजदेखि सडकमा उत्रिएकाे हाे।

प्रकाशित मिति: : 2024-05-26 15:58:00

प्रतिकृया दिनुहोस्