भूमि मन्त्रालयमा कर्मचारीभन्दा बढी सवारी– मन्त्री र सचिवलाई २-२ वटा, नासु पनि चढ्छन् गाडी

लोकान्तर

काठमाडौं

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नायब सुब्बा युवराज गिरी सरकारी सुविधाको चार पाङ्ग्रे गाडी चढ्छन् । जिन्सी शाखाका नायब सुब्बा गिरीले विगत ८ महिनादेखि सरकारी गाडी चढिरहेका हुन् ।

नियमानुसार मन्त्री, सचिव र सहसचिवले मात्र चार पाङ्ग्रे सवारी सुविधा पाउँछन् । त्यस हिसाबले ४ सहसचिव, १ सचिव र १ मन्त्री गरी कुल ६ जनाले मात्र १/१ वटा गाडी चढ्न पाउने हुन् ।

व्यक्तिगत प्रयोगमा ६ वटा गाडी भए पुग्नेमा मन्त्रालयमा रहेका २४ मध्ये २३ गाडी प्रयोगमा छ । एउटा गाडी भने हेडलाइट फुटेका कारण प्रयोगमा आएको छैन ।

गरिबी निवारण कोषबाट मन्त्रालयमा हस्तान्तरण गरिएका निजी नम्बर प्लेटका २ मध्ये एउटा गाडी (बा ५ च ५०८४) नायब सुब्बाले चढिरहेका हुन् । गिरीले पनि आफू सरकारी सुविधाको गाडी चढ्दै आएको स्वीकारे ।

प्रकाशित मिति: : 2024-05-24 17:16:00

प्रतिकृया दिनुहोस्