बिएल संवाददाता
जाह्नवी कपुर चर्चित अभिनेत्री श्रीदेवीकी छोरी हुन्। जान्हवी र उनकी बहिनी खुशी दुवै आफ्नी आमासँग धेरै नजिक थिए।
आफ्नी दुवै छोरीलाई ठूलो पर्दामा हेर्नु श्रीदेवीको सपना थियो। तर जान्हवीको पहिलो फिल्म ‘धडक’ रिलिज हुनुभन्दा ५ महिनाअघि नै उनकी आमाको निधन भएको थियो।
हालै, 'म्यासेबल इन्डिया' सँग 'डे आउट' मा जान्हवीले आफ्नो आमाको मृत्युको शोकको बाबजुद पनि सबै कुरा बिर्सेर आफ्नो फिल्मको प्रचार गर्नुपर्यो भन्ने आफ्नो अनुभव सुनाइन्।
जान्हवीले आफू फिल्मको प्रमोशनका लागि एउटा डान्स रियालिटी शोमा गएको बताइन्। र त्यो उनको पहिलो प्रचार कार्यक्रम थियो।
फिल्म रिलिज हुनु केही महिना अगाडि मात्रै प्रचारप्रसार सुरु भएको थियो। आमाको निधन भएको केही दिन मात्रै भएको थियो र कुनै पनि दिन यस्तो थिएन जान्हवीले आफ्नी आमालाई नसम्झिएकाे। त्यही कार्यक्रममा श्रीदेवीलाई श्रद्धाञ्जली अर्पण गर्दै नाच देखाइएकाे थियाे।
तर त्यसबेला जान्हवीलाई आतंकित आक्रमण भयाे। आमाकाे यादमा जान्हवी चिच्याएर रून थालिन्। त्यसपछि उनी आफ्नो भ्यानिटी भ्यानभित्र गइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया