बिएल संवाददाता
जाह्नवी कपुर चर्चित अभिनेत्री श्रीदेवीकी छोरी हुन्। जान्हवी र उनकी बहिनी खुशी दुवै आफ्नी आमासँग धेरै नजिक थिए।
आफ्नी दुवै छोरीलाई ठूलो पर्दामा हेर्नु श्रीदेवीको सपना थियो। तर जान्हवीको पहिलो फिल्म ‘धडक’ रिलिज हुनुभन्दा ५ महिनाअघि नै उनकी आमाको निधन भएको थियो।
हालै, 'म्यासेबल इन्डिया' सँग 'डे आउट' मा जान्हवीले आफ्नो आमाको मृत्युको शोकको बाबजुद पनि सबै कुरा बिर्सेर आफ्नो फिल्मको प्रचार गर्नुपर्यो भन्ने आफ्नो अनुभव सुनाइन्।
जान्हवीले आफू फिल्मको प्रमोशनका लागि एउटा डान्स रियालिटी शोमा गएको बताइन्। र त्यो उनको पहिलो प्रचार कार्यक्रम थियो।
फिल्म रिलिज हुनु केही महिना अगाडि मात्रै प्रचारप्रसार सुरु भएको थियो। आमाको निधन भएको केही दिन मात्रै भएको थियो र कुनै पनि दिन यस्तो थिएन जान्हवीले आफ्नी आमालाई नसम्झिएकाे। त्यही कार्यक्रममा श्रीदेवीलाई श्रद्धाञ्जली अर्पण गर्दै नाच देखाइएकाे थियाे।
तर त्यसबेला जान्हवीलाई आतंकित आक्रमण भयाे। आमाकाे यादमा जान्हवी चिच्याएर रून थालिन्। त्यसपछि उनी आफ्नो भ्यानिटी भ्यानभित्र गइन्।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया